२ अर्बको ऋणपत्र निष्कासन गर्दै सानिमा बैंक | वार्षिक १० प्रतिशत ब्याज दिने, अवधि १० वर्षे
काठमाडौं । सानिमा बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने भएको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डले हिजो शुक्रबार १ हजार रुपैयाँमा २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो ।
१० वर्षको अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । उक्त ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । ऋणपत्र निष्कासनसँगै बैंकको पूँजी कोष अनुपातमा सहजता हुनेछ । तरलताको समस्या समधान गर्न सहयोग पुग्नेछ ।
यस्तै, एनआईसी एसिया बैंकले पनि १ हजार दरका १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गरिसकेको छ ।