अभिनेता विपिन कार्की क्लासिक टेकको ब्राण्ड एम्बेस्डर नियुक्त |
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले अभिनेता विपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनयकुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका हुन् ।
नाटक र चलचित्र क्षेत्रमा प्राप्त सफलता, लगाव एवम् क्षमताको कदर गर्दै अभिनेता विपिन कार्कीलाई कम्पनीले व्यवसायिक सामाजिक उतरदायित्व (सीएसआर) अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको जनाएको छ । करोडौँ दर्शक तथा स्रोतामाझ लोकप्रिय अभिनेता कार्कीसँगको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास पनि कम्पनीले राखेको छ । दर्शकमा रूचाएका कलाकारसँगै काम गर्दा कम्पनीका अफर र सेवाहरूबारे बजारमा सही जानकारीहरू प्रचार हुने अपेक्षाराखिएको कम्पनीले जानकारी दिएको छ ।
सन् २००९ मा सुरू भएको क्लासकिटेकले सेवा प्रवाहमा १२ वर्ष पूरा गरिसकेको छ । यो कम्पनीले ७४ जिल्लाका १०३ स्थानमा आउटलेट सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टलाई ग्राह्यता दिँदै दुर्गम क्षेत्रदेखि गाउँसम्म सेवा विस्तार गरेको क्लासिक टेकको दाबी छ । कोरोना महामारी नियन्त्रण निम्ति लकडाउन लगाइँदा इन्टरनेटको महत्व बढेसँगै कम्पनीले धमाधम आउटलेट विस्तार गरिरहेको हो ।
कम्पनीले चाँडै नै सुलभ मूल्यमा ५०० एमबीपीएस सम्मको हाइ स्पिड इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउनेगरी काम थालिरहेको पनि जानकारी दिएको छ । अभिनेता कार्कीसँग गरिएको सहकार्यबाट क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रिया र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको जनाएको छ ।