ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा | प्रतिनिधिमा गौरव तिमल्सिना नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकले हालै भक्तपुरको सरस्वतीस्थानमा आफ्नो १०४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सीडीओ जयकुमार घिमिरेले गरेका हुन् ।
साथै, उक्त सेवाका लागि स्थानीय गौरव तिमल्सिनालाई व्यावसायिक प्रतिनिधिमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको सूर्यविनायक शाखाअन्तर्गत रहनेछ । योसहित बैंकको शाखा संख्या १३२ पुगेको छ । साथै, बैंकको १४० एटीएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजस्व संकलन काउण्टर र १०४ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् ।