सातामा करिब साढे ५ प्रतिशत घट्यो नेप्से |
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। गत साता २५८६.१९ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.२७ प्रतिशत अर्थात १३६.२२ अंक घटेर २४४९.९७ विन्दुमा बन्द भएको छ।
यस साता सेन्सेटिभ इण्डेक्स ४.५७ प्रतिशत अर्थात २२.३९ अंक घटेर ४६५.२३ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ५.७० प्रतिशत अर्थात १०.१६ अंक घटेर १६८.१७ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५६ प्रतिशत अर्थात८.८१ अंक घटेर १४९.६७ विन्दुमा झरेको छ।
यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा ३ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १०.५० प्रतिशत कम हो।
त्यसैगरी, यस साता शेयर संख्यामा पनि कमी आएको छ। गत साता दैनिक औषतमा ७९ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यस साता ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। औषत कारोबार संख्यामा भने ६.०४ प्रतिशत वृद्धि भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५.२७ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब ३५ अर्ब रुपैयाँ रहेको यस्तो पूँजीकरण, गत साता करिब २ खर्ब घटेर ३४ अर्ब ४४ करोडमा समेटिएको छ।