दरबार भित्रको कथा भन्ने ‘कठपुतली’को ट्रेलर रिलिज |
काठमाडौँ । हरर कथामा निर्माण भएको चलचित्र ‘कठपुतली’कोे ट्रेलर आज काठमाडौंमा एक कार्यक्रमकोे आयोेजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रले राजाहरुकोे शासन कालमा दरबारभित्र हुने घटनाक्रमलाई देखाएको छ । निर्माणपक्षले केही दिनमै दोेश्रो ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ । यो चलचित्र पुषकोे १६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।
भिमसेन लामाको निर्देशनमा तयार भएको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई अष्ट्रेलियाका छायांकार जोएल फ्रुमले छायांकन गरेका हुन् ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा लेखिका सम्पदा मल्लदेखि कलाकारहरुले सबैैले मास्क लगाएर प्रवेश गरेको थिए । चलचित्रको कार्यकारी निर्माता समेत रहेकी मल्लले हरर जनरामा नेपाली मौलिकतामा रहेर चलचित्र बनाएको बताइन् । चलचित्रले भूत प्रेत र तन्त्र मन्त्रको कथा भन्ने उनको भनाई छ । चलचित्रको मुख्य कलाकार मिथिला शर्माले कथावस्तु र चरित्रले आफूलाई काम गर्न उत्साहित बनाएकोे बताइन् । उनले, यो चलचित्रले नारीको कथा भन्ने पनि बताइन् ।
नायक कर्माले हरर जनराको यो चलचित्रको कथा बलियोे भएकाले आफू जोडिएको बताए । लामो समयपछि नेपाली चलचित्रको पर्दामा फर्किन लागेकी नायिका उषा रजकले एक महिलाले अर्की महिलालाई चलचित्रका लागि अफर गरेको बताइन् । उनले, आफूले हरर चलचित्र अहिलेसम्म नहेरेको बताउँदै भुत प्रेतप्रति आफूलाई निक्कैै विश्वास भएको सुनाइन् । यो चलचित्रले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा २ वटा अवार्ड जितेकोे थियोे । यो चलचित्रमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा सह–निर्माताकोे रुपमा छन् ।