४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । मंसिर २३ गते, बिहीबार, ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लक्ष्मी बैंक र समता घरेलु लघुवित्तले भोलि अर्थात मंसिर २४ गते बुकक्लोज गर्दैछन् भने नेरुडे लघुवित्त र रिलायन्स फाइनान्सले मंसिर २६ गते बुकक्लाेज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
लक्ष्मी बैंक लिमिटेडले ८ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद गरी कुला ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ८ गते अग्रवाल भवन, कमलपोखरीमा एक्काइसौँ वार्षिक साधराण सभा बोलाएको छ। सो सभा दिनको २ बजे शुरु हुनेछ।
त्यसैगरी, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र सर्वसाधारणलाई एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न पुस ७ गते, बुधबार मिराबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा आठौं वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै लघुवित्तको शेयर संरचना ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपिओ शेयर जारी गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१.४८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न पुस १० गते शनिबार, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ।
यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पुस ११ गते अनमोल बैंक्वेट, शंखमुलमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनलाइन माध्यमबाट बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको नियमावलीमा प्रस्तावमा भए बमोजिम आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।