सुपरमाई हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो |
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।