महालक्ष्मी विकास बैंकका एकैसाथ चार नयाँ शाखा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले हालै एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६, बाँकेको कोहलपुर नगरपालिका– १०, सिराहाको लाहान नगरपालिका– १ र नवलपुरको कावासोती नगरपालिका– ८ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
यी शाखाको उद्घाटनसँगै अब बैंकको शाखा संख्या ८३ पुगेको बैंकले बताएको छ । ग्राहक संख्या ४ लाख ९० हजारभन्दा बढी रहेको उक्त बैंकले हालसम्म २६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।