अब सिभिल बैंकका सबै शाखामा यूनियन लाइफको इन्स्योरेन्स सेवा |
काठमाडौं । सिभिल बैंक लिमिटेड र यूनियन नेपाल लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सेवालाई विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब यूनियन नेपाल लाइफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।