रियल मीको मुरारका ग्रुपसँग सहकार्य, ‘नार्जो ५०आई’ र ‘नार्जो ५०ए’ बजारमा |
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ। रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो ।
कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिब पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने कम्पनीको दाबी छ ।
लन्चको अवसरमा मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ। यो सँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने होर यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो ५०आई र नार्र्जोए सेरिज ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिब प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिब अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।’
मंसिर १५ बाट दराज र मंसिर १९ देखि सम्पूर्ण आधिकारिक विक्रेताहरुमार्फत उपलब्ध हुने नार्जोका विभिन्न उत्पादन १२ हजार ९९९ देखि २१ हजार १९९ रुपैयाँ मूल्यमा उपलब्ध छन् ।