‘यस्तै रवैया देखाए भारतीय च्यानल र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्छौं’ |

काठमाडौं । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले भारतको रवैया नरोकिए भारतीय सञ्चारमाध्यमका च्यानलहरू र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्ने चेतावनी दिएको छ । उक्त पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत मंगलवार त्यस्तो कडा चेतावनी दिएका हुन् ।
तराई क्षेत्रमा सञ्चालित रेडियो नेटवर्कहरूलाई बन्द गर्नुपर्ने भन्दै भारतीय पक्षबाट आएको धम्कीप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष गुरुङले कडा चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘भारतका केही जिल्लामामा नेपालका रेडियोहरूले भारतमा भारतविरुद्धका समाचारहरू फैलाएको भन्दै बन्द गर्ने धम्की आएको छ ।’
