एनआरएनको निर्वाचन नरोक्न उच्च अदालतको अन्तरिम आदेश |

काठमाडौं । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयका नाममा गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले मङ्सिर १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको अदालतका रजिस्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।
अक्टोबर २३ देखि २५ सम्म एनआरएनले निर्वाचन गर्न मिति तोकेका बेला परराष्ट्र मन्त्रालयले संघको भित्रको विवाद हल नगरी निर्वाचन नगर्न भन्दै रोक लगाएको थियो । एनआरएनमा प्रतिनिधिबारे विवाद रहेको देखाउँदै चुनाव नगराउनु भन्दै मन्त्रालयले पत्र काटेको थियो ।
मन्त्रालयले निर्वाचित पदाधिकारीलाई काम गर्न रोक्न गैर कानुनी रहेको भन्दै एनआरएनका तर्फबाट उच्च अदालत पाटनमा रिट निवेदन परेको थियो ।