प्रहरी प्रवक्तामा सुवेदी नियुक्त |

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी नियुक्त भएका छन् । यसअघि प्रहरी प्रवक्ता रहेका सैलेश थापा क्षत्री प्रहरी नायव महानिरीक्षकमा बढुवा भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलवार रातिदेखि प्रवक्ताको जिम्मेवारी सुवेदीलाई प्रदान गरेका हुन् ।