नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो |
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से सोमबार भने ७ दशमलव ९० अंकले बढेको हो । नेप्सेका अनुसार आज ५ उपसमुहबाहेक सबै उपसमुहको परिसुचक उकालो लाग्दा नेप्से पनि उकालो लागेको हो । आज विकास बैंक, वित्त, लघुवीत्त, उत्पादनमुलक र जिवन बीमा समुहको परिसुचकमा गिरावट आएको छ । यी समुहको परिसुचक क्रमशः ३४, २३, १४, २४ र ७ अंकले घटेको छ ।
यस्तै आज उकालो लाग्ने समुहमा भने होटल तथा पर्यटन, निर्जिवन बीमा कम्पनी, अन्य तथा बैंकिङ समुह रहेका छन् । ती मध्ये सबैभन्दा बढि होटल समुहको परिसुचक १४९ अंकले उकालो लागेको छ भने निर्जिवन बीमा समुहको परिसुचक ९९ अंकले बढेको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये महिला लघुवित्त वित्तीय संस्थाको परिसुचक भने १० प्रतिशतले बढेको थियो । आज दिनभर २ सय २५ कम्पनीका ७५ लाख ६५ हजार ५ सय १० कित्ता सेयर ५१ हजार ५ सय २६ पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा सिमित भएको थियो ।
कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । आईतबार कारोबार रकम ४ अर्ब ३५ करोड नाघेको थियो ।