शाओमीको टीभी र फोन खरिदमा विशेष छुट |
काठमाडौं । शाओमीले आफ्नो फ्ल्याग्सिप फोनपोको एफ ३ जीटीर मी टिभिमा पाँच हजार बराबरको छुट ल्याएको छ । कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको जनाएको छ । टर्बो इम्लोइड डिस्प्ले र फ्ल्याग्सिप मिडिया टेक चिपसेटयुक्त योफोनमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ् रेट रहेको जनाइएको छ ।
त्यसैगरी मी टीभी उत्कृष्ट डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रङ संयोजन रहेको कम्पनीले जनाएको छ ।
पहिला ५७ हजार मूल्य भएको पोको एफ ३ जीटीलाई ५२ हजार र ३५ हजार मूल्य भएका मी टीभीलाई ३० हजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ । यो मूल्य सीमित अवधिका लागि मात्रै रहेको जनाइएको छ ।