नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्ड मंसिर ३ गते बैंकलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
बैंकले १ अनुपात १ मा हकप्रद निष्काशन गरेपछि बैकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।
शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग्दै बैंकले असार ४ गते बोर्डमा आवेदन दिएको थियो ।
बैंकको गत माघमा सम्पन्न १९ औं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।