नेपाल बङ्गलादेश बैंकको २७औं बार्षिक साधारण सभाबाट १५.५० % लाभांश पारित |
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १५.५० % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । बैंकले आफनो २७औं बार्षिक साधारणसभाले साे लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे।
बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो ।
यसैगरी सभाले सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै साधारण सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिले गर्दा साधारण सभामा अनलाइनको माध्यमबाट भर्चुअल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ ।
साथै शेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरिएको छ ।
उक्त निर्वाचनमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएको बैंकले जानकारी गराएको छ ।