बरुण हाइड्रोपावरको नाफामा आकर्षक बृद्धि |
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ९९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ।
कम्पनीको विद्युत बिक्रीमार्फत हुने आम्दानी बढ्दा उसको खुद नाफा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बिद्युत बिक्री गरेर ३ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ।
हाल २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५९ पैसा छ। विवरण अनुसार उसको मूल्य आम्दानी अनुपात २५.०४ गुणा छ।