ज्योति लाइफको खुद बीमा शुल्क र नाफा दुबै बढ्यो |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफा पनि २७.७७ प्रतिशतले बढेर ९ करोड २२ लाख रपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ५५ लाख र बीमालेख धितामा ५० करोड ६१ लाख रुपैयाँ लगानी गरी १ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ३३.५० गुणा रहेको छ ।
यस अवधिमा कम्पनीले ८१ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १५० वटा दाबी वापत ७ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४४ वटा दाबी बापत ५ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।