नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो साधारण सभा |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश पारित गर्न तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेदेखि हुने भएको हो।
बैंकले सभामा वितरण गर्न घोषणा गरेको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्ने छ । साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गतेदेखि बुक क्लोज गर्नेछ । जस अनुसार मसिंर ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र बैंकले वितरण गर्न घोषणा गरेको लाभांस र सभामा सहभागि हुन सक्नेछन।