एनआईसी एशियामा न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न सकिने, विभिन्न सेवामा २० प्रतिशत छुट |
काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोल्ने व्यवस्था मिलाएको छ । बैंकले ‘सोच बदलौं, एनआईसी एशिया बैंक नै रोजौं’ भन्ने मूल नाराका साथ उक्त सेवा शुरु गरेको हो । बैंकका अनुसार ग्राहकले अनलाइनबाट ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङ सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।
उक्त अनलाइन सेवा देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहज होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । हाल बैंकले मुलुकभर रहेका आफ्ना २ सय ६१ शाखा कार्यालय, २ सय ५६ एटीएम, २५ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय वित्तीय सेवा दिइरहेको छ ।