ग्रामीण विकास लघुवित्तको नाफामा उल्लेख्य सुधार |
काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
चालु आर्थिक वर्षको असाेज मसान्तसम्ममा लघुवित्तको खुद नाफा ११८.८४ प्रतिशतले बढेर ९ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४ करोड २० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।
लघुवित्तको ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा वृद्धि हुँदा नाफामा उच्च बढोत्तरी भएको हो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.४३ प्रतिशतले बढेर ३० करोड २० लाख रुपैयाँ र सञ्चालन मुनाफा ९७५.११ प्रतिशतले बढेर १३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ।
तीन अर्ब ८४ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७ अर्ब २ करोड १० लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब १० करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ।
यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २६.८१ गुणा रहेको छ।