सानिमा माईको खुद नाफा ७.६५% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा माई हाइड्रोपावरले २४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७.६५% ले बढी हो । गत वर्षको यसैअवधिमा यसले २२ करोड ६३ लाख रुपैयाँँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ ।
सानिमाको विद्युत बिक्रीबाट हुने आम्दानी ०.९३% ले बढेर ३४ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत बिक्रीबाट ३४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य स्रोतबाट १ हजार ३७४ रुपैयाँ आम्दानी गरेको छ ।
सानिमाको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ शीर्षकमा ९१ करोड ५० रुपैयाँ राखिएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा छ ।