गुराँस लाइफको खुद नाफामा सामान्य गिरावाट |
काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ४.१५% ले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँमा आएको हो ।
गत वर्ष यसै अवधिमा भने ४ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गुराँसको खुद बिमा शुल्क आर्जन पनि १०.३०% ले घटेर ८६ करोड ३३ लाख ८ हजार रुपैयाँमा आएको छ । जीवन बिमा कोषको आकार भने २७.८७% ले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
यता, रिजर्भ कोषमा झिनो सुधार भएको छ । असोज मसान्तसम्म यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ । कम्पनीले मंसिर १० गते आर्थिक वर्ष २०७५७६ को वार्षिक साधारण सभा गरी ५.५०% बोनस सेयर परित गर्ने योजना बनाएको छ । उक्त बोनस पारित भएमा पुँजी २ अर्ब ८ करोड भन्दा माथि पुग्नेछ । पहिलो त्रैमाससम्ममा यसको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा छ ।