साना किसानको अधिकांश सूचकमा सामान्य सुधार |
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.५६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.५६ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेको छ भने जगेडा कोष १८.३५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १५.९५ प्रतिशत र कर्जा २९.२६ प्रतिशत बढेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँबाट ३ रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ।