सपोर्ट लघुवित्तको नाफा घट्यो |
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.९६ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ३१.३७ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०१.४४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०१.३५ प्रतिशत र निक्षेप ९.४० प्रतिशत बढेको छ भने कर्जा ११.६२ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ७७ पैसाबाट १९ रुपैयाँ ४२ पैसा घटेर ८ रुपैयाँ ३५ पैसा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३२३.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३५ पैसा रहेको छ।