ज्योति विकास बैंक र जानकी फाइनान्सको एजीएम हुँदै |
काठमाडौं । ज्योति विकास बैंक र जानकी फाइनान्सको वार्षिक साधारण सभा असोज २९ गते सोमबार हुन लागेको हो । ज्योति विकास बैंकले ८ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको छ । हाम्रो विकास बैंकलाई प्राप्ति र लेखा परिक्षकको नियुक्ती तथा पारिक्षमिक साधारण सभा विवतरण गर्ने भएको छ ।
ज्योति बैंकको ११ औ साधारणसभा असोज २९ गते सोमबार बिहान ११ बजे नक्साल ब्याङ्क्वेट, नारायणचौर काठमाडौंमा हुने भएको छ ।
ज्योति बैंकको लाभांशका लागि बुक क्लोज असोज १५ गतेदेखि असोज २९ गतेसम्म बन्द गरिएको हो । त्यस्तै जानकी फाइनान्सले २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश र लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण एजीएममा परित गर्ने भएको छ ।
जानकी फाइनान्सको २२ औं साधारण सभा बिहान ९ बजे होटल रामा प्रालि जनकपुरधाममा हुने भएको छ । जानकी फाइनान्सको लाभांशका लागि बुक क्लोज असोज १६ गतेदेखि असोज २९ गतेसम्म बन्द गरिएको हो ।