खाद्य संस्थानमा शुरु भयो खसीबोका र च्याङ्ग्राको विक्री |

काठमाडौं । सधैजसो यसपाली पनि नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा विक्री गर्न शुरु गरेको छ । संस्थानले थापाथलीस्थित आफ्नो बाग्मती अञ्चल कार्यालय परिसरबाट आजदेखी खसीबोका र च्याङग्रा विक्री सुरु गरेको हो ।
संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । संस्थानले तोकेको मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो हो । संस्थानका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।
शनिबारसम्म ५ सय च्याङ्ग्रा र २५० खसीबोका राजधानी आइपुग्ने छन् । संस्थानले खसिबोका हेटौंडा र च्याङ्ग्रा मुस्ताङबाट ल्याइएको जानकारी दिएको छ ।