वाणिज्य बैंक मध्ये नबिल बैंककाे सबैभन्दा बढी लाभांश |
काठमाडौं । नबिल बैकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।
नबिल बैंकको सञ्चालक समितिको बैठकले ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नबिल बैंकका डेपुटी जेनेरल म्यानेजर मनोज ज्ञवालीले जानकारी दिए ।