मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा |
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १६ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ पुग्नेछ।