गुडविल फाइनान्सको नाफामा उल्लेख्य वृद्धि |
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी र नेट फि कमिसनमा उल्लेय वृद्धि हुँदा फाइनान्सको नाफामा बढोत्तरी भएको हो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३७.८९ प्रतिशत बढेको छ। फाइनान्सको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १३१२.८० प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ४.५४ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप १.९७ प्रतिशत बढेको छ भने कर्जा ४.५० प्रतिशत बढेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी बढेको देखिन्छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५८ पैसाबाट बढेर ३२ रुपैयाँ ८४ लाख रुपैयाँ कायम भएको छ। यस अवधिसम्ममा फाइनान्सको निष्कृय कर्जा अनुपात ३.४ प्रतिशत रहेको छ।