क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने, बोनसपछि चुक्तापूँजी २१ करोड पुग्ने |
काठमाडौं । नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गतवर्ष गरेको नाफाका आधारमा २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको हो । कम्पनीको हालै बसेको सातौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले सो आवमा १८ करोड १६ लाख नाफा गरेको थियो । चुक्ता पूँजी १८ करोड रहेको सो कम्पनीको बोनस शेयर वितरणपछि बढेर २१ करोड ६० लाख पुग्नेछ । कम्पनीले गतवर्ष ९६ लाख ८६ हजार चेकमार्फत् २६ अर्ब ६० करोडबराबरको चेक राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको ४ हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको हो ।
कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ ।