आज धनतेरस, यी काम नछुटाई गर्नुहोस् |
काठमाडौं । आज धनतेरस पर्व । यस दिन धनका देवता धन्वंतरी, कुबेर र लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । धनतेरसका दिन नयाँ वस्तुको खरिद गर्नु अति शुभ मानिन्छ । यो पर्व अघि घरको केही भाग सफा गर्नु अति आवश्यक मानिन्छ ।
दीपावलीको सरसफाइ त सबैले गर्नु नै हुन्छ होला । तर के धनतेरसको दिन बिहान घरका चार प्रमुख स्थानको सरसफाइ गर्नु अति आवश्यक हुन्छ । यस दिन घरको उत्तर–पूर्व क्षेत्र अर्थात् इशान कोण, पूर्वी भाग अर्थात् पूर्व दिशा, उत्तर क्षेत्र अर्थात् उत्तर दिशा सफा गर्नु अति आवश्यक हुन्छ ।
घरको बिचमा अर्थात् ब्रह्मा स्थानबाट अनावश्यक वस्तुहरू हटाएर राम्ररी सफा गर्नुपर्छ । एउटा भाँडोमा सफा पानीले आफ्नो घरको उत्तर दिशामा छर्कनुहोस् जहाँ तपाईँ पैसा वा धन राख्नुहुन्छ । वास्तवमा यसो गरेर कुबेरको आगमनको तयारीका रूपमा लिइन्छ ।
घरको सरसफाइ गरिसकेपछि यो कुरामा ध्यान दिनुहोस् भने सधैँ झाडुलाई लुकाएर राख्नु होला । कसैले सजिलै देख्न नसक्ने ठाउँमा राख्नुहोस् । ठाडो र खुला झाडुलाई सम्पत्तिको विनाशको प्रतीक मानिन्छ ।
यदि तपाईँको घरमा माछाको एक्वरियम छ भने त्यसलाई पनि यस दिन सफा गर्नुपर्छ । धनतेरसको साँझ घरमा पाँच दियो बाल्नुहोस् र त्यसमध्ये एउटा घरको मन्दिरमा दियो बाल्नुहोस् । एउटा तुलसी, एउटा पानीको भाँडो र ढोकामा दुई वटा दियो राख्नुहोस् । धनतेरसको दिन कुबेरका अलावा यमदेवको नाममा पनि दीप प्रज्वलन गर्नुपर्छ ।