नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईद्वारा पद बहाली |

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराइले आज शुक्रवार पदबहाली गरेका छन् । कोषका संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोषकको अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्यावारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् ।

खोटाङ लामिडाडाँमा जन्मेका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरि सकेको अनुभव छ । यो सँगै उनले नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।