‘हामीले हालसालै सातवटा नयाँ ब्राण्डका मदिरा तथा बियर बजारमा ल्याएका छौं’ |
प्रवीरकुमार नाग
वरिष्ठ बजार प्रबन्धक, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज
२०६५ सालबाट जावलाखेल डिष्टिलरीमा काम गर्दै आएका प्रवीरकुमार नाग विगत ३० वर्षदेखि मदिरा उद्योगमा आवद्ध छन् । ३० वर्षे मदिरा उद्योगको जागिरे जीवनका दौरानमा उनले भारतको दोस्रो नम्बरमा पर्ने मदिरा कम्पनी शा−वालेसमा १० वर्ष काम गरिसकेका छन् । त्यस्तै, उनले बर्नन कार्ड, विप्रो (एफएमसीजी प्रोडक्ट), जेरोक्स, युनाइटेड स्मार्ट, पेर्नोडरिकारलगायतका कम्पनीमा पनि काम गरिसकेका छन् । उनले भारतको पूर्वमा बङ्गाल, बिहार, आसाम, आन्ध्र प्रदेश तथा पश्चिममा कोलकाता, मुम्बई, गोहा, दामनलगायत क्षेत्रमा गरी भारतको झण्डै आधा भागमा रहेर काम गरिसकेका छन् । भारतको बेङ्लोरमा जन्मेका उनले बीए, एलएलबीसम्मको डिग्री लिनुका साथै विभिन्न प्रकारका मार्केटिङ कोर्सहरूसमेत गरिसकेका छन् ।
उनले जागिर शुरू गरेकै वर्ष वर्ष रुस्लान भोड्काको २ हजार प्रतिशतले विक्री बढेको थियो । त्यो बेला गु्रपको करिब १५० करोड रुपैयाँको व्यवसाय थियो । अहिले त्यो बढेर २ हजार करोड रुपैयाँ पुगेको छ । साथै, यो ४ ओटा आईएसओप्राप्त नेपालको एक मात्र मदिरा कम्पनी पनि हो । प्रस्तुत छ, नेपालमा मदिरा उद्योगको वर्तमान अवस्था, समस्या, सम्भावनालगायत विषयमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका वरिष्ठ बजार प्रबन्धक प्रवीरकुमार नागसँग आर्थिक पाटीका मदन लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :
अहिले मदिराको व्यावसायिक अवस्था कस्तो छ ?
गत आर्थिक वर्ष ९आव० मा देशमा चुनावको माहौल भएकाले मदिराको विक्री पनि बढेको थियो । तर, यस वर्ष सरकारले विकास बजेट खर्च गर्न सकिरहेको छैन । भौतिक पूर्वाधार निर्माणको कामले गति लियो भने पैसा बजारमा आउँछ । अनि मात्रै मदिरा व्यवसायले फस्टाउने मौका पाउँछ । आममानिसको आयस्तर नबढेसम्म मदिराको विक्री पनि राम्रोसँग बढ्न सक्दैन । यस वर्षको बजेट वक्तव्यमार्फत पनि सरकारले मदिरामा उच्च दरले अन्तःशुल्क बढाएको छ । बजेटबाट ५० यूपीसम्मका मदिरालाई बढी कर लगाइएको छ । ५० यूपीका एक केस मदिरामा यसअघि १ हजार २ सय ४४ रुपैयाँ अन्तशुल्क तिर्नुपर्नेमा अहिले बढेर ३ हजार २ सय रुपैयाँसम्म पुगेको छ । यसले गर्दा मदिराको मूल्य बढेको छ तर आमउपभोक्ताहरूको क्रयशक्ति भने बढ्न सकेको छैन । अहिले नेपालमा प्रतिवर्ष ४० यूपीभन्दा माथिको मदिरा १८ लाख केस विक्री भइरहेको छ । त्यस्तै २५ यूपीसम्मको ८ लाख केस र ३० यूपीको १० लाख केस प्रतिवर्ष विक्री भइरहेको छ ।
नेपालको बियर बजारको अवस्थाचाहिँ कस्तो पाउनुभएको छ ?
नेपालमा वार्षिक १० अर्ब रुपैयाँबराबरको बियर विक्री भइरहेको छ । यहाँ प्रत्येक वर्ष १ करोड ५० लाख पेटी बियर विक्री हुन्छ । नेपालमा वार्षिक ३० देखि ४० प्रतिशतले बियरको बजार बढिरहेको छ । त्यसैले यो समयमा बजारमा स्थापित हुनका लागि राम्रो अवसर छ । नेपालमा बियरको उपभोग वृद्धिदर संसारकै सबैभन्दा बढी छ । भारतको भन्दा ५ सय प्रतिशतले बढी छ । नेपालको कुल बियर बजारको ५४ प्रतिशत बजारहिस्सा स्ट्रङ बियरले लिएको छ । अहिले स्ट्रङ बियरको बजार बढिरहेको छ । नेपालको तराई तथा पश्चिमी क्षेत्रमा स्ट्रङ बियरको खपत बढी हुन्छ । अहिले ४० हजार पसलले नेपालमा बियर विक्री गरिरहेका छन् । प्रिमियम आउट लेट काठमाडौंमा मात्रै १ सय ओटा रहेका छन् । यसै बजारलाई दृष्टिगत गरेर हामीले जर्मन ब्राण्ड भार्स्टाइनरको नेपालमै उत्पादन गरेर विक्री शुरू गरेका हौं ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गत उत्पादन हुने मदिराका बारेमा जानकारी दिनुहोस् न ?
हामीले भार्स्टाइनर, नमस्ते र रकस्टार गरी तीनवटा ब्राण्डमा बियरको उत्पादन गरिरहेका छौं । त्यस्तै, मास्टर सेलेक्शन र रोयल ट्रेजर ब्राण्डमा ह्विस्की बजारमा ल्याएका छौं । त्यस्तै, भोड्कामा रुस्लान, ब्लू डायमण्ड, गोल्डेन योक र ब्ल्याक योकको उत्पादन हुन्छ । साथै, हामीले ग्राण्ड मास्टर ब्राण्डमा रम, हिमालयन ब्राण्डी र अल्टिमेट ब्राण्डको जीन उत्पादन तथा विक्री गर्छौं । हामीले भारतीय मदिरा अफियर्स च्वाइस उत्पादन गरिरहेका छौं । यसको बजार व्यवस्थापन भने भारतीय कम्पनी आफैंले नै गरिरहेको छ ।
४० यूपीको मदिरा २० हजारदेखि ३५ हजार रुपैयाँ आम्दानी गर्ने मानिसहरूले बढी खरिद गर्छन् । रुस्लान, रोयल ट्रेजर, गोल्डेन योक भोड्का २५ हजार रुपैयाँभन्दा माथि आम्दानी गर्नेले पिउने गरेको पाएका छौं । रुस्लान भोड्का कम आम्दानी गर्नेले पनि पिउने गरेको पाएका छौं । हामीहरूले कम आम्दानी गर्नेदेखि उच्च आम्दानी गर्नेसम्मलाई लक्षित गरेर आफ्ना उत्पादनहरू बजारमा ल्याएका छौं ।
तपाईंहरूको उत्पादनका विशेषता के के हुन् ?
जावलाखेल डिष्टिलरी नेपालमा ४ ओटा आईएसओ पाउने नेपालको एक मात्र मदिरा कम्पनी हो । गु्रपअन्तर्गतका हिमालयन, एशियन, राज ब्रुअरी र विजय डिष्टिलरी गरी चारओटै कम्पनीले आईएसओ पाएका छन् । त्यस्तै हामीले उत्पादन गरी प्रयोग गर्ने स्पिरिट एकदमै उच्च गुणस्तरको छ । हामीहरू उपभोक्ताको चाहनाअनुसारका उत्पादन बजारमा ल्याउन प्रतिवद्ध छौं । साथै, जावलाखेल ग्रुप उपभोक्तामाझ गुणस्तरीय उत्पादन पुर्याउन लागिपरेको छ ।
तपाईंहरूका लक्षित उपभोक्ताहरू को को हुन् ?
हामीले रुस्लान र गोल्डेन योकलाई २४ देखि ४० वर्ष उमेर समूहकालाई लक्षित गरेर उत्पादन गरेका हौं । त्यस्तै, ब्लू डाइमण्डलाई २८ देखि ५० वर्ष उमेर समूहका ग्राहकहरूलाई लक्षित गरेका छौं । मास्टर सेलेक्शन ३० देखि ३५ वर्ष, रोयल ट्रेजरका लागि २८ देखि ४५ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ । भास्र्टाइनर बियर मिश्रित वयष्क पुरुष तथा आर्थिक रूपमा सम्पन्न युवा र मिडिलएज समूहहरू हाम्रा ग्राहक हुन् । नमस्ते बियर २२ देखि ३० वर्ष उमेर समूहका मानिसहरूले बढी खोज्ने हाम्रो अपेक्षा छ ।
आम्दानीका आधारमा मदिरा उपभोगको ट्रेड कस्तो पाउनुभएको छ ?
४० यूपीको मदिरा २० हजारदेखि ३५ हजार रुपैयाँ आम्दानी गर्ने मानिसहरूले बढी खरिद गर्छन् । रुस्लान, रोयल ट्रेजर, गोल्डेन योक भोड्का २५ हजार रुपैयाँभन्दा माथि आम्दानी गर्नेले पिउने गरेको पाएका छौं । रुस्लान भोड्का कम आम्दानी गर्नेले पनि पिउने गरेको पाएका छौं । हामीहरूले कम आम्दानी गर्नेदेखि उच्च आम्दानी गर्नेसम्मलाई लक्षित गरेर आफ्ना उत्पादनहरू बजारमा ल्याएका छौं । घरमा लगेर खानेहरू १५|१६ हजार रुपैयाँ कमाउनेदेखि माथिका छन् । नेपालमा सबै मानिहरूको आफ्नो जमिन छ । त्यसैले थोरै आम्दानी गर्नेहरूले पनि मदिरामा खर्च गर्न सक्छन् । २० हजारसम्म कमाउनेले गोल्डेन योक दिनकै पिउन सक्दैनन् । सीमित पैसाका कारण उनीहरूले हप्तामा एक पटकजस्तो पिउन सक्छन् । तर, विवाहित २५|२६ वर्षभन्दा माथिका पुरुष जसले २५ हजारभन्दा धेरै कमाउँछन्, उनीहरूले हप्तामा २|३ पटक पनि पिउन सक्छन् । ४० यूपीको मदिरा पिउने मानिसहरूकै जस्तो आम्दानी गर्नेले बियर पिउने गर्छन् ।
मदिरा उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन कसरी गर्नुभएको छ ?
मदिरा उत्पादनका लागि धेरैजसो कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । हाम्रो कम्पनीमा कच्चा पदार्थ खरिद गर्नका लागि छुट्टै डिपार्टमेण्ट छ । हाम्रो कच्चा पदार्थ आयातको प्रक्रियाका लागि निश्चित नियमहरू छन् । हामीले कच्चा पदार्थका लागि प्रत्येक वर्ष पत्रिकाहरूमा बोलपत्र आह्वान गर्छौं । त्यसबाट छनोटमा परेको कम्पनीसँग मूल्य निर्धारण गरेर हामीले कच्चा पदार्थ खरीद गर्छौ । प्रत्येक कच्चा पदार्थका लागि हामीले २३ वटा सल्लायर्स नियुक्त गरेका हुन्छौं । प्याकेजिङका सामग्रीहरू बोतल, क्याप, लेबल, कार्टुनका लागि पनि सल्लायर्सहरू नियुक्त गरिएका छन् । हामीले पहिले २३ महिनाको विक्रीको योजना बनाएर त्योभन्दा केही बढीलाई पुग्ने गरी कच्चा पदार्थको आयात गर्छौं । हामीले उत्पादनलाई पनि दृष्टिगत गरेर कति कच्चा पदार्थ स्टक राख्ने भन्ने योजना बनाउँछौं । धेरै स्टक राख्दा त्यसमा पैसा धेरै फस्छ ।
कार्टुन, लेबल, स्प्रीट बनाउनका लागि चामललगायतका कच्चा पदार्थ नेपालकै प्रयोग हुन्छ । नेपालमा उत्पादन कम हुँदा चामल भारतबाट पनि आयात हुन्छ । फ्लेवर, स्कच, क्याप, बोतललगायतका सामाग्रीहरू आयात गर्छौं । हाम्रो प्रत्येक नन्भोड्का उत्पादनमा स्कच हुन्छ । स्कच स्कटल्याण्डबाट आयात गरिरहेका छौं । क्याप तथा बोतल भारतबाट आउँछ । नेपालमा बोतल बनाउने उद्योग छैन ।
५० यूपीको तुलनामा ४० यूपी मदिराको उत्पादन कम हुनुको कारण के हो ?
पक्कै पनि ५० यूपीभन्दा माथिको मदिरा पिउनेको सङ्ख्या बढी छ । नेपालमा ‘लोवर मिडिल क्लास’ समूहका मानिसहरूको सङ्ख्या धेरै छ । लोवर मिडिल क्लासका मानिसहरूको चाहना आम्दानी बढाएर कम यूपीको मदिरा पिउने भन्ने छ । तर, त्यसो हुन नसकेकाले उनीहरू त्यसमै बसिरहेका छन् ।
नेपालमा मानिहरूको आम्दानी बढिरहेको छैन । हाम्रो नेपाली संस्कृतिमा पिउने चलन छ । चाडपर्व तथा साथीभाइ, आफन्तहरू आउँदा पिउने चलन छ । घरमै पिउने चलन पनि छ । बाहिर रेष्टुरेण्टमा गएर पिउने चलनको पनि विकास भइरहेको छ । नेपालमा महिलाहरू पनि मदिरा पिउन स्वतन्त्र छन् । मापसे नियम लागू भएपछि मदिरा पिएर गाडी चलाउनेहरू एकदमै घटेका छन् । यो राम्रो कुरा हो । यसबाट धेरै युवाले ज्यान गुमाउनुपरेको छैन । साथै, रातिमा बाटो पनि सुरक्षित भएको छ ।
बजारमा सहजै उपलब्ध रहेका नक्कली मदिराले ब्राण्डेड मदिराको व्यापारमा कस्तो प्रभाव पारेको छ ?
नेपालमा नक्कली मदिराको बजार बढिरहेको छ । सरकार यसतर्फ चनाखो हुनुपर्छ । हाम्रो गोल्डेन योक र ब्लू डाइमण्ड ब्राण्डजस्तै ३०्र४० वटा ब्राण्ड नेपालमा छन् । हाम्रो बजारमा उपभोग भइसकेको मदिराको बोतल जम्मा पारेर हाम्रो जस्तै प्याकेजिङ गरी उस्तै लाग्ने नाम राखेर बजारमा ल्याइरहेका छन् । यसरी नक्कली मदिरा बेच्नेहरूले ५० यूपीभन्दा माथिको मदिरा त्यसमा राखेर बजारमा ल्याउने गरेका छन् ।
नक्कली मदिरा बेच्नेहरूले ट्रेडमार्क, लाइसेन्स लिएका हुँदैनन् । यसबाट उपभोक्ताहरू ठगिइरहेका छन् । सरकारले नक्कली मदिरा बेच्नेहरूलाई कारबाही गर्न सकिरहेको छैन । नक्कली मदिराले कुल बजारको २० देखि २५ प्रतिशतसम्म बजार लिइरहेको अवस्था छ । यसलाई रोक्ने हो भने ब्राण्डेड मदिराको विक्री बढ्ने थियो । नेपालमा ब्राण्ड दर्ता गरेपछि त्यसको तुरुन्तै उत्पादन बजारमा आइहाल्छ । तर, विदेशमा ब्राण्ड दर्तापछि त्यो उत्पादनको परीक्षण गरेर ठीक भए मात्र बजारमा ल्याउन अनुमति दिइन्छ । सरकारले नक्कली मदिरा विक्री गर्नेहरूमाथि कडाइ गर्यो भने देशको राजस्व पनि बढ्छ । नक्कली मदिरा स्वास्थ्यका लागि हानिकारक हुनुका साथै यसबाट अकालमा ज्यान पनि जान सक्छ ।
कुल खपतको कति प्रतिशत बजार नेपाली मदिराको रहेको छ ?
नेपालमा अहिले प्रिमियर सेगमेण्टको मदिरा मात्र आयात भइरहेको छ । अरू सेगमेण्टमा नेपाली मदिरा तथा बियरहरूले नै बजार लिएका छन् । त्यस्तै, अहिले ३ सयलेखि ४ सय रुपैयाँसम्मका नेपाली वाइनको खपत पनि बढिरहेको छ । नेपालको वाइन तथा मदिराको बजारको करिब ७ प्रतिशत हिस्सा आयातित उत्पादनले लिएको छ । इण्ट्री लेबल स्कचको अहिले विक्री घटेको छ । यसको मूल्य ३ हजार रुपैयाँ जति पर्छ । अहिले ५ देखि ६ हजार रुपैयाँ पर्ने स्कचको विक्री बढेको छ । मान्छेहरू प्रिमियम प्रोडक्टको उपभोगमा सौखिन बन्न थालेका छन् ।
सरकारले नक्कली मदिरा बेच्नेहरूलाई कारबाही गर्न सकिरहेको छैन । नक्कली मदिराले कुल बजारको २० देखि २५ प्रतिशतसम्म बजार लिइरहेको अवस्था छ । यसलाई रोक्ने हो भने ब्राण्डेड मदिराको विक्री बढ्ने थियो । नेपालमा ब्राण्ड दर्ता गरेपछि त्यसको तुरुन्तै उत्पादन बजारमा आइहाल्छ । तर, विदेशमा ब्राण्ड दर्तापछि त्यो उत्पादनको परीक्षण गरेर ठीक भए मात्र बजारमा ल्याउन अनुमति दिइन्छ । सरकारले नक्कली मदिरा विक्री गर्नेहरूमाथि कडाइ गर्यो भने देशको राजस्व पनि बढ्छ ।
मदिराको उत्पादनमा के–कस्ता समस्या देखिएका छन् ?
सरकारले डिलक्श बियरको तुलनामा स्ट्रङ बियरको अन्तːशुल्क बढी राख्नु पथ्र्यो । किनभने यसमा अल्कोहलको मात्रा बढी हुन्छ । तर स्ट्रङ बियरको अन्तːशुल्क कम गरिएको छ । सरकारले ४० यूपीको मदिरामा भन्दा ५० यूपीका मदिरामा कम अन्तːशुल्क लगाएको छ । २५ यूपीको मदिरामा ४० यूपीको भन्दा बढी अन्तːशुल्क लगाइएको छ । सरकारले जसरी अन्तːशुल्क लगाएको छ, त्यसमा पुनर्विचार गरिनु आवश्यक छ । अहिले नेपालमा मदिराका उपभोक्ताहरू गुणस्तरप्रति सचेत भइरहेका छन् । सरकारले पनि नक्कली मदिरा व्यवसायलाई निरुत्साहित पार्न कडा अनुगमन गर्नुपर्छ । यसबाट सरकारी राजस्व पनि बढ्छ ।
नेपालमा होलसेल तथा रिटेल विक्रेताहरूको लाइसेन्स शुल्कमा धेरै फरक छैन । जसले गर्दा रिहोलसेलिङ भइरहेको छ । डिष्ट्रिब्युटरबाट होलसेलले खरीद गर्ने र होलसेलबाट रिटेल व्यवसायीहरूले खरिद गरेर आम उपभोक्ताहरूलाई विक्री गर्नुपर्ने हो । तर, अहिले एउटा होलसेलले अर्को होलसेललाई विक्री गरिरहेको अवस्था छ । त्यसैले यस्तो हुन नदिन होलसेल तथा रिटेल विक्रेताहरूको लाइसेन्स शुल्कमा अलि धेरै फरक गरिनुपर्छ ।
मदिरा उद्योगले भ्याट छलीको आरोप पनि खेप्दै आएका छन् । तपाईंको विचारमा यसलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सरकारले हरेक बिन्दुमा भ्याट नराखेर एकमुष्ट भ्याट लिने व्यवस्था गर्नुपर्छ । सरकारले डिष्ट्रिब्युटर, होलसेलर तथा रिटेलरबाट छुट्टाछुट्टै १३ प्रतिशत भ्याट लगाउने गरेको छ । सरकारले यी हरेक बिन्दुमा लगाउने भ्याटलाई जोडेर पहिलो बिन्दुमा भ्याट लिएमा सबै व्यवसायीहरूलाई सजिलो हुने थियो । उद्योगमै पूरै भ्याट सरकारले लिने व्यवस्था गरेमा डिष्ट्रिब्युटरदेखि तलका सबैले पेपर वर्क गर्नै पर्दैन । यो एकमुष्ट भ्याट स्वदेशमै उत्पादन हुने मदिराको सिधै उद्योगबाटै लिने व्यवस्था गरे राम्रो हुने थियो । त्यस्तै, आयातित मदिराको भन्सारमै यस्तो व्यवस्था गरिए भ्याट छली हुन पाउँदैन । उद्योग, डिष्ट्रिब्यूटर र होलसेलरसम्मले भ्याट बिलमा विक्री गरे पनि त्योभन्दा तल सादा बिलमा धेरै कारोबार भइरहेको छ । यसबाट सरकारले पूरै भ्याट पाउन सकिरहेको छैन ।
आगामी दिनमा मदिरा व्यवसाय कसरी अगाडि बढ्ला ?
सरकारले विकासका लागि जति सक्यो, त्यति बढी खर्च गर्नुपर्छ । सरकारी खर्च बढेमा उपभोक्ताहरूको आम्दानी बढ्ने हुँदा मदिरा व्यवसाय पनि बढ्ने थियो । हामीहरूले बजार बढाउन आफ्नो तर्फबाट कोसिस त गरिरहेकै छौं । तर, यसमा एकदमै समस्या भइरहेको छ, किनभने उपभोक्ताहरूको अन्तिम चाहनामा मदिरा पर्छ । सरकारी राजस्वको ठूलो हिस्सा मदिरा, बियर तथा सिग्रेट उद्योगहरू नै हुन् । त्यसैले सरकारले मदिरा उद्योगको विकासका बारेमा सोच्नुपर्छ । तर, सरकारले यसतर्फ सोचिरहेको छैन । सरकारले उद्योगीहरूको लगानीको सुरक्षा दिन सकेको छैन । सरकारले प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्दा कर चुक्ताको विवरण पनि लिनुपर्छ । यसो गर्दा सरकारी कर छलेर काम गर्नेहरू निरूत्साहित हुन्छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत के के काम गरिरहनुभएको छ ?
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सबैभन्दा धेरै रकम सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत यस जावलाखेल डिष्टिलरीले ७५ जना भूकम्पपीडितको घरसमेत बनाइदिएको छ । साथै, कम्पनीले भूकम्पका कारण क्षति भएका आफ्ना डिष्ट्रिब्युटरहरूका घरसमेत बनाइदिएको छ ।
तपाईंहरूको आगामी योजना के के छ ?
हामीले गतआवमा भन्दा यस आवमा १० देखि १५ प्रतिशत विक्री बढाउने गरी योजना बनाएका छौं । तर, हामीले गतवर्ष मात्रै बियरमा भार्स्टाइनर, नमस्ते र रकस्टार तथा मदिरामा ब्ल्याक योक, मास्टर सेलेक्शन, ग्राण्ड मास्टर रम र हिमालयन ब्राण्डी गरी सातवटा ब्राण्ड गतवर्ष मात्रै बजारमा ल्याएका छौं । त्यसैले भर्खरै बजारमा आएका ब्राण्डहरूको प्रचार प्रसार गरिरहेका छौं ।