आदर्श लघुवित्त आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो |
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्न असोज २० गते बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तकाे गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशतले हुन आउने सो बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।