समाज सेवामा क्रियाशील अध्यक्ष पदकी उम्मेदवार रबिना |

काठमाडौं । गैरआवासिय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी रबिना थापा समाज सेवाको काममा ब्यस्त भएकी छन्। अध्यक्षका प्रत्यासि मतदाता आकर्षित गर्ने चलखेलमा लागिरहदा थापा भने सामाजिक काममै ब्यस्त भईरहेकी हुन्। धेरै वर्ष देखी व्यक्तिगत रुपले तथा संस्था हरुको संरक्षक भएर समाजसेवा मा तल्लीन रहेकी उनले अहिले त्यसैलाई निरन्तरता दिरहेको बताउँछिन् ।
उनले देशका विभिन्न ठाउँमा पुगेर पाठेघर र स्तन क्यान्सरको निशुल्क परीक्षण कार्यक्रम गर्न लागेकी छन् । गैरआवासीय नेपाली दिवसको अवसर पारेर महिला तथा युवा विभागको संयोजकत्वमा र स्थानिय तहमा पोखरामा अन्तर्राष्ट्रिय कास्की समाज र म्याग्दिमा मोना संस्थाको सहयोगमा निशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्न लागेकी हुन्। यसै शिविरमा स्तन क्यान्सर सम्बन्धि परिक्षण पनि हुने अध्यक्ष पदकी उम्मेदवार थापाले जानकारी दिएकी छन्।
एनआरएनएको चुनावमा व्यस्त हुँदा हुँदै पनि उनले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेको बताएकि छन् । चुवानी प्रचार(प्रसारमा भन्दा पनि समाजलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेमा आफुले समय दिईरहेको उनले बताइन। एनआरएनएलाई अझ बढी सम्बृद्ध बनाउनलाई रोजगारको सिर्जना गर्ने, मताधिकारको अधिकार सबैले पाउने जस्ता एजेन्डामा एनआरएनएका सदस्य उत्साहित भएका छन्।
उनले यसअघि चितवनको अादर्श महिला विकास केन्द्रलाई बालिका तथा महिला सशक्तीकरणकाे अभियान चलाउन ४ लाख १५ हजार ७ सय रूपैयाँ नगद सहयाेग हस्तान्तरण गरिसकेकी छन्।
लुम्बिनीमा पर्यटन प्रवर्द्धनका लागि बिशेष भुमिका निर्वाह गर्ने प्रतिवद्दता जनाएकी छन्।उनले ९ अक्टोवर २०२१ शनिवार बेनीबजार म्याग्दीमा विहान १० बजे देखी स्वास्थ शिविर संचालन गर्दै छिन् भने १० अक्टोवर २०२१ आइतवार सारान्कोट पोखरा कास्किमा विहान १० बजे देखि शिविर चलाउँदै छिन् ।