माछापुच्छ्रे बैंकका थप ४ शाखारहित बैंकिङ् सेवा सञ्चालनमा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तनहुँ र खोटाङमा ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका, खोटा खोटाङको च्यास्मिटार र धितुङमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले तुरुन्त (रियल टाइममा) खाता खोल्न मिल्ने गरी ती स्थानमा सेवा विस्तार गरेको हो । योसहित बैंकका हालसम्म ३३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आइसकेका छन् । बैंकले ती सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको छ ।