विश्व बैंकद्वारा नेपाललाई २३ अर्ब सहुलियत ऋण सहयोग |
काठमाडौं । विश्व बैंकले नेपाललाई करीब रू. २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ । इण्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थ मन्त्रालयको आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सोसम्बन्धी सम्झौतापत्रमा हिजो बुधवार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
विश्व बैंकले नेपालको वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्नका लागि उक्त सहयोग गर्ने भएको हो ।