बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट |
काठमाडौं । असोज २२ गते शुक्रबार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
सो आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन गरेका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ । बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो।
स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकहरुको हात खाली रहेको छ ।