गण्डकी विकास बैंकको शाखा लहानमा, अब शाखा संख्या ७७ पुग्यो |
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले हालै सञ्चालनमा ल्याएको उक्त नयाँ शाखाको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख सुडीले गण्डकी विकास बैंकलाई आफ्नो नगरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै जनताले सरल र सहज रूपमा वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराएका थिए । बैंकका अध्यक्ष सुशील गौचनले आगामी दिनमा बैंकका शाखालाई गाउँगाउँमा पुर्याएर सर्वसाधारण जनतालाई वित्तीय पहुँचमा ल्याउने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक अमात्य, जेएस मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेल, बैंकका शाखा प्रमुख चन्द्रदीप पहाडीलगायतको उपस्थिति रहेको थियो । यो शाखाको स्थापनासँगै अब यस बैंकको शाखा संख्या ७७ पुगेको छ ।