ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिपका लागि पार्टनरसिपको घोषणा |
काठमाडौं । विश्वस्तरीय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस ११) को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ । ओपोले यो पार्टनरसिप सन् २०१९ देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश भएको जनाएको हो । पार्टनरसिपले ओपोलाई विश्वभरका खेलाडीहरुमाझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउने दावी गरिएको छ।
यस वर्ष ओपोले फाइनलमा अद्वितीय प्रदर्शनीमार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुयवल प्लेयर्स अवार्डबाट सम्मानित गर्ने छ । साथै ओपोले आफ्ना दर्शक तथा स्रोतामाझ गेमिंग हाइलाइट्स, व्यावसायिक खेलाडी तथा टिमहरुका अन्तर्वार्ता पनि प्रस्तुत गर्ने जानकारी दिएको छ। यसले दर्शक–स्रोतालाई फाइनलको प्रगति र व्यावसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ।
‘यस वर्ष पनि रायोट गेम्ससँगको पार्टनरसिपलाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ। लिग अफ लेजेन्ड्सले हामीलाई विश्वभरका खेलाडीमाझ ओपोलाई परिचित गराउन एक सटिक प्लेटफर्म उपलब्ध गराएको छ। अझ महत्वपूर्ण कुरा भनेको व्यावसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रवर्तनका लागि ओपोको अथक प्रयास र प्रतिबद्धता समान छ। हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयासरत छौँ’, ओपोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले भने।
त्यस्तै रायोट गेम्समा स्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले भने, ‘पछिल्लो वर्षको सफल पार्टनरसिपका आधारमा ओपोलाई लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ। खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओपो विश्वभरका खेलाडीहरुमाझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्राण्डमध्ये एकका रुपमा परिचित भइसकेको छ। हामी फाइनलमा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ।’
यस वर्षको फाइनलको थिम ‘मेक÷ब्रेक’ राखिएको छ। यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनिधित्व गर्ने ओपोले बताएको छ।
मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस ११) मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहने छ। अक्टोबर ५ मा सुरु भएको यो स्पर्धा नोभेम्बर ६ मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आइसल्याण्डमा आयोजना हुने फाइनलसँगै समापन हुनेछ।