हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथ |
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरेका छन् । उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बंैकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए ।