साधना लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा |
काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले कात्तिक १३ गते, शनिबार, बिहान ११ बजे, होटल गोरखा बिसौनी, गोरखामा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्वीजिशन गर्ने सम्बन्धित कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।