लक्ष्मी लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको असोज १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर समेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस गरी कुल २७.३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनी हरुले पाउने छन्।