सनराईज क्यापिटलको वार्षिक साधारण सभा कात्तिक १२ गते , ४० प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । सनराईज क्यापिटल लिमिटेडले कात्तिक १२ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । क्यापिटलको कार्यालय कमलपोखरी , काठमाडौंमा दिउसो २ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउनेछ ।
यस वर्ष क्यापिटलले कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र यसमा कुनै सुझाब वा निर्देशन थपघट गर्नुपरेमा उक्त जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।