सिभिल लघुवित्तले घोषणा गर्यो लाभांश |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसा रहेको छ। १९ प्रतिशतका दरले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँ ६० पैसा पुग्नेछ ।