युवा उध्यमी तथा समाजसेवी सौरभ दुगर प्रबल जनसेवा श्री बाट सम्मनित |
काठमाडौं । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबी बाट बिभुसित गरिने घोषणा गरिएको छ । संबिधान दिवसको अबसरमा नेपाल सरकार को सिफारिसमा राष्ट्रपती बिद्या देवी भण्डारीबाट युबा उध्यमी तथा समाजसेवी मध्य मै सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो ।
मुलुकमा युवा उध्यमशिलताको बिकास, समग्र औधोगिक ब्यबसायिक क्षेत्रको बिकासमा युबा उध्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् ।
युवा तथा जागरिला उध्यमी सौरभ दुगर सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सकृय छन् । समाज तथा समग्र औधोगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सौरभ दुगरलाई सो मानपदबी प्रदान गरिने भएको कम्पनीले जनाएको छ ।