सिट्रनको उत्पादन नेपाली बजारमा, सिट्रन सी५ एयरक्रसको अग्रिम बुकिङ सुरु |
काठमाडौं । फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको विक्री प्रारम्भ गरेको छ । यसअघि पुजोको विक्री साँग्रिला मोटर प्रालि ले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो । सिट्रन मोटर विगत १०० वर्षभन्दा बढी समयदेखि उत्पादनमा आई सवारीसाधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ । सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो ।
सिट्रनको सोरुम अहिले थापाथलीमा राखिएको छ, जुन फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ । सिट्रन सी५ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रनएस यूभी हो । सिट्रन सी५ एयरक्रसलाई १.६ लिटर पेट्रोल इन्जिनले शक्ति प्रदान गर्दछ । जसले १६५ एचपीको पावर र २४० एन.एमको टर्क प्रदान गर्दछ ।
सिट्रन सी५ एयरक्रसको अग्रिम बुकिङ सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यो गाडीको बजार मूल्य १ करोड ३५ लाख रहेको जनाएको छ ।