ग्लोबल आइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ए रेटिङ्ग प्रदान गरेकोे छ ।
यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।
ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै ए– बाट ए मा स्तरवृद्धि गरेको थियो ।